नयाँ म्युचुअल फन्ड हिमालयन ८० –२० लाई १० करोड इकाई बिक्री अनुमति

0
Shares

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामुहिक लगानी कोष योजना हिमालयन ८०–२० को १० करोड इकाई बिक्रीका लागि अनुमति दिएको छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने लागेको ‘हिमालयन ८० –२०’ लाई बोर्डले असार १९ गते मंगलबार बिक्रीको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अबको दुई महीनाभित्रमा फन्डका प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरका कुल १ अर्ब बराबरको १० करोड इकाई बिक्री खुला गर्नेछ ।

‘हिमालयन ८० –२०’ हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको पहिलो म्युचुअल फण्ड हो । जसको कोष प्रवद्र्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छन् ।

बन्दमुखी योजना ‘हिमालयन ८० –२०’ योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।