दुई खर्ब १६ अर्बको वैदेशिक सहयाता प्रतिबद्धता, अनुदान ४० अर्ब

0
Shares

चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी हुँदा सरकारलाई २ खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ ।

अर्थ मन्त्रालयका अनुसार उक्त प्रतिबद्धता वैदेशिक दातृ निकायले अनुदान र ऋणमा उपलब्ध गराउने सहमति भएको हो । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असार २२ गते शुक्रबार सम्म ४० अर्ब ६७ करोड रुपैयाँ बराबरको अनुदान आउने प्रतिबद्धता भएको छ । त्यसैगरी १ खर्ब ७५ अर्ब ७४ अर्ब ऋण सहायताका लागि प्रतिबद्धता भएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले असार २२ गतेसम्ममा कुल ४८ अर्ब २० लाख रुपैयाँ मात्र वैदेशिक अनुदान सहायता पचिालन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार असार २२ गतेसम्म अन्य स्रोत प्राप्ति कुल ३८ अर्ब ६ करोड ५४ लाख परिचालन गरेको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत दोस्रो संशोधन गरिएको अनुमान अनुसार वैदेशिक अनुदानतर्फ ३८ अर्ब ४६ करोड र वैदेशिक ऋणतर्फ १ खर्ब ७० अर्ब ५४ करोड परिचालन गर्ने योजना रहेको छ ।

सरकारले गरेको संशोधित अनुमान अनुसार कुल वैदेशिक सहायता परिचालन २ खर्ब ९ अर्ब रुपैयाँ हो । तर, सरकारलाई प्राप्त प्रतिबद्धता २ खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्ष गरे अनुसार हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।