साताको पहिलो दिन ७ सय रुपैयाँले बढ्यो सुनको भाउ


साताको पहिलो कारोबार दिन आज छापावाला सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार १ सय रुपैयाँले घटेको छापावाला सुनको भाउ आज भने ७ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९२५ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।