साना किसान विकास लघुवित्तमा मर्जरपछि यस्तो बन्यो सञ्चालक समिति

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर सम्पन्न भई आजदेखि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि बनेको ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ मा नयाँ सञ्चालक समिति गठन भएको हो ।

लघुवित्तको सञ्चालक समितिमा खेम बहादुर पाठकको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति गठन भएको हो । कम्पनीका संस्थापक समूहबाट बनेका चार सञ्चालकहरुमा खेम बहादुर पाठकm डा. बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) रहेकी छिन् । यस्तै कम्पनीमा सर्वसाधारण समूहबाट उमेश लम्साल र भिम प्रसाद तिमल्सिना सञ्चालक चयन भएका छन् ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धी २०७९भदौ ३१ मा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविक साना किसानका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला नै गाभिए पछिको संस्थाको प्रमुख कार्यकारी अधिकृत कायम भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।