नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समीट लघुवित्त संस्था लिमिटेडको ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

समीट लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँको १३.५६२७५३ प्रतिशतले हुन आउने बोनस सेयर आज सूचीकृत भएको हो ।

उक्त बोनस २०८० असार ३ गते सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो । बुकक्लोज अनुसार लघुवित्तको बोनस सेयर २०८० जेठ २१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

आज नेप्सेमा सूचीकृत भएको बोनस सेयर आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।