नेप्से २१ सयको बिन्दु परीक्षण गरेर फर्कियो, सोल्टी होटल र हिमालयन लाइफको उच्च कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन नेप्से मध्यान्ह १२ बज्नै लाग्दा २४.३३ अंकले बढेर अधिकतम २१०२.०९ बिन्दुसम्म पुगेको थियो । सोमबार नेप्से २१सयको बिन्दु परीक्षण पार गरे फर्किएको हो । बजार बन्द हुँदासम्म नेप्से ०.८० अंक घटेर २०७६.९६ विन्दुमा अडिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से २८.३८ अंक बढेर बन्द भएको थियो । यस्तै सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर ३८८.६१ बिन्दुमा पुगेको छ । झिनो अंकले घट्दा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्स कारोबारमा अब्बल साबित भएका छन् । सोमबार सोल्टी होटलको ३३ करोड १३ लाख रुपैयाँ र हिमालयन लाइफको २४ कोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर २४ करोड ८९ लाख, शिवम् सिमेन्टस्को १५ करोड ५१ लाख र सिटी होटलको ९ करोड १ लाखको सेयर खरिद बिक्री हुँदै शीर्ष पाँचभित्र समेटिएका छन् ।

आज कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ वटा घटेको छ । फाइनान्स सर्वाधिक २.७१ प्रतिशत बढेको बजारमा लघुवित्त पनि १.१२ प्रतिशत बढेको छ । उता होटल तथा पर्यटनमुलक १.७२ प्रतिशत र जलविद्युत १.३१ प्रतिशतले घटेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन २९३ स्क्रिप्टका १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ६५ हजार ३१७ वटा संख्यामा खरिद बिक्री भएका हुन् । अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ४ करोड २५ लाखको सेयर कारोबार भएकोमा कारोबार रकम ७५ करोड ५४ लाख रुपैयाँले बढेको हो ।

आज पनि रावा इनर्जीको सेयर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.९८ प्रतिशत अर्थात ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ८० पैसा पुगेको छ । त्यसैगरी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य ७.२३ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ६.७९, अरुण काबेली पावर ६.५४ र नेपाल फाइनान्सको ६.३६ प्रतिशतले मूल्य बढेको छ ।

कारोबार कित्ताको आधारमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर अगाडि छ । बैंकको १९ लाख १५ हजार कित्ता सेयर कारोबार भएको हो । यस्तै सोल्टी होटलको ६ लाख ६४ हजार ९६१ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा मोदी इनर्जी लिमिटेडको सबैभन्दा धेरै ६ हजार २४ पटक कारोबार भएको छ । यस्तै सिटी होटलको पनि ५ हजार ७०२ पटक कारोबार भएको छ ।

सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ५२ अर्ब ९३ करोड ३७ लाख रुपैयाँमा समेटिएको छ । हिजो आइतबार ३० खर्ब ५२ अर्ब ६ करोड ८० लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।