क्लासिक टेकको रिचार्ज अफर: क्यासब्याकसँगै टीभी जित्ने मौका

0
Shares

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ।

अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेक्नो ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन्।

यो अफर असार २१ गतेदेखि लागू गरिएको कम्पनीले जनाएको छ। अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ।

यस अफरको क्रममा नेपाल पे क्यूआर मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु १०० सम्म क्यासब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्र मार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।