नेप्से पौने पाँच अंकले घट्यो, ९४ करोडले खुम्चियाे कारोबार

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ४.७३ अंकले घटेको छ । नेप्से ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा अडिएको छ । बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ९३ करोड ८५ लाख रुपैयाँले घटेको छ ।

मंगलबार हिमालयन लाइफको उच्च कारोबार भएको छ । इन्स्योरेन्स कम्पनीको १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै दोस्रो ठूलो कारोबार भएको शिवम् सिमेन्टसको १२ करोड ५४ लाख रुपैयाँको सेयर खरिद बिक्री हुँदा सोल्टी होटलको १० करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६ करोड ६१ लाख र मञ्जुश्री फाइनान्सको ६ करोड ५६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

मंगलबार २८३ स्क्रिप्टका ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर ५४ हजार ९४३ वटा संख्यामा खरिद बिक्री भएका छन् । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक करिब स्थिर रहँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार नेप्से ०.८० अंक घटेर बन्द भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा घटेको छ । विकास बैंक सर्वाधिक ३.४२ प्रतिशतले बढेको बजारमा फाइनान्स २.९९ प्रतिशत, म्युचुअल फन्ड ०.३८ र उत्पादन तथा प्रशोधनमुलक ०.३३ प्रतिशतले बढेको छ । यसदिन होटल तथा पर्यटनमुलक १.३६ प्रतिशत र हाइड्रोपावर १.१९ प्रतिशतले घट्दा बाँकी सबै एक प्रतिशतभन्दा कमले घटेका छन् ।

आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेड सहित पाँच कम्पनीको सेयरमूल्य सकाारत्मक सर्किट लेबलमा बढेको छ । हिमालयन पावर पार्टनरको १० प्रतिशत, एनआईबिएल समृद्धि फन्ड–२ को १० प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको ९.९८ प्रतिशत, लिवर्टी इनर्जी कम्पनी लिमिटेडको ९.६४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढेको छ । यस्तै १०.२५% एसबिएल डिबेञ्चर २०८३ को मूल्य ८.१९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ७.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त ७.९५ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ६.७३ प्रतिशत र सिन्धु विकास बैंक लिमिटेडको ५.७० प्रतिशतले बढेको छ ।

उता सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५.९६ प्रतिशतले घटेर २६८ रुपैयाँमा झरेको छ । यस्तै श्वेतगंगा हाइड्रोपावरको ५.६९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ५.१४ प्रतिशत, इष्टर्न हाइड्रोपावर ४.६२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ ।

कारोबार कित्ताको आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर धेरै कारोबार भएको छ । कम्पनीको २ लाख ५८ हजार ७३५ कित्ता सेयर कारोबार भएको हो । यस्तै कारोबार संख्याका आधारमा मोदी इनर्जी लिमिटेड अगाडि छ । कम्पनीको ४ हजार १९९ वटा कारोबार भएको हो ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ४५ अर्ब ९८ करोड ८२ लाख ४५ हजार रुपैयाँमा समेटिएको छ । सोमबार कुल बजार पुँजीकरण ३० खर्ब ५२ अर्ब ९३ करोड ३७ लाख रुपैयाँमा समेटिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।