महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयनमा जोड

0
Shares

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकार भएका निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

महालेखा परीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनरसिपको संयुक्त आयोजनामा ‘लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि’ विषयक दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सुझाव कार्यान्वयन नहुँदा प्रत्येक वर्ष त्यसलाई दोहोर्याउने काममात्र भइरहेको बताए।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बजेटकोे अनुशासन कायम राख्न सामाजिक परीक्षण गर्ने विधिलाई संस्थागत गरिनुपर्ने बताए । स्थानीय तहमा केन्द्र र प्रदेशमा जस्तो व्यवस्थापिका र कार्यपालिका फरक नभएकाले बजेटको अनुशासन कम भइरहेको देखिएको उनले बताए। उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले भूकम्पपश्चात्को पुनःनिर्माणको लेखापरीक्षण र सोको प्रमुख तथ्य र सुझावसम्बन्धी प्रस्तुति गरेका थिए।

अर्जेन्टिना र घानालगायत देशका सर्वोच्च लेखापरीक्षण संस्था, नागरिक समाज, सञ्चारमाध्यमका प्रतिनिधि गरी ६० जना सहभागी कार्यक्रममा विभिन्न देशका प्रतिनिधिले आफ्नो देशमा नागरिक सहभागितामूलक लेखापरीक्षण र लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन अवस्था तथा चुनौतीबारे प्रस्तुतीकरण गरेबा थिए । कार्यक्रममा समूह छलफलका माध्यमबाट सहभागीबीच अनुभव आदानप्रदान गरिएको थियो ।