आईएमई लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार जना बने सेयरधनी

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) असार ३० गते शनिबार बिहान ११ बजे बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ शनिबार बिहान भएको बाँडफाँडमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् । यससँगै ती ९ लाख ६० हजार जना कम्पनीको सेयधनी बनेका छन् ।

मागभन्दा उच्च आवेदन परेका कारण कम्पनीको सेयर गोलाप्रथाबाट धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो ।

अन्तिम दिनसम्म कम्पनीको सेयर खरिदका लागि ११ लाख ९५ हजार ९३२ जनाले १ करोड ४५ लाख ५ हजार ३९० कित्ता सेयर खरिदका लागि माग गरेका थिए । जसमध्ये ६ हजार ९३६ वटा आवेदन मार्फत परेको १ लाख ३२ हजार ८२० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । बाँडफाँडमा ११ लाख ८८ हजार ९९६ जनाबाट परेको १ करोड ४३ लाख ७२ हजार ५७० कित्ताको मागलाई बाँडफाँडमा सहभागि गराइएको थियो ।

कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । कुल १ करोड २० लाख कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको थियो । बाँकी ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बाँडफाँड भएको हो ।

यस्ताे छ कम्पनीकाे अलटमेन्ट माेडलः-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।