‘कुमारी सुनौलो लगानी योजना’ को कारोबार सुरु

0
Shares

‘कुमारी सुनौलो लगानी योजना’ का इकाईहरुको आजदेखि कारोबार सुरु भएको छ ।

कुमारी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना ‘कुमारी सुनौलो लगानी योजना’को असार ३१ गते आइतबारदेखि कारोबार खुला गरिएको हो ।

लगानीकर्ताहरुले योजनाका इकाईहरु काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरीद–बिक्री गर्न सक्नेछन् ।

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।