किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चालु आवको अन्तिम दिन आइतबार ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

किसान लघुवित्तको २०७९ चैत १८ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।

साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार उक्त बोनस सेयर २०७९ चैत १८ गतेसम्म नेप्सेमा सेयर करोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताहरुले मात्र पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।