सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ कतिसम्म घट्यो ? (सूचीसहित)

0
Shares

सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाएको हो ।

यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

नेपाल आयल निगमले आइतबार डिजेलमा प्रतिलिटर ४ रुपैयाँ तथा पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

सूची हेर्नुस्