नेप्से ९.९१ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

0
Shares

सेयर बजारमा लगातार तेस्रो कारोबार दिन सुधार आएको छ । आइतबारदेखि बढेको नेप्से मंगलबारसम्म निरन्तर तीन दिन बढेको हो ।

मंगलबार नेप्से परिसूचक ९.९१ अंक बढेर २१५४.०७ विन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेर ४०७.१३ अंकमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार २५५ स्क्रिप्टका ८६ लाख ७६ हजार कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । ५६ हाजर ४७६ वटा संख्यामा उक्त सेयर खरिद बिक्री भएको हो । अघिल्लो दिन सोमबार २ अर्ब ५६ करोडको सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ७ बढेको छ भने ६ घटेको छ । यसदिन निर्जीवन बीमाको सर्वाधिक १.५५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै कारोबारमा आएको होटल तथा पर्यटनसर्वाधिक १.४५ प्रतिशत घटेको छ ।

आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशतले सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी यसदिन शुभम् पावरको ८.८९ प्रतिशत र युनिलिभर नेपालको सेयर मूल्य ८.३९ प्रतिशत र उपकार लघुवित्तको ६.७८ प्रतिशतले बढेको छ ।

उता कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाईमूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । ग्लोलब आईएमई ब्यालेन्स्ड फन्ड–१ को ४.६३, सिटिजन म्युचुअल फन्ड १ को इाकईमूल्य ४.११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज स्वाबलम्बन लघुवित्तको २१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट्सको करिब १८ करोड र हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको कारोबार भएको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ । सोमबार पुँजीकरण ३१ खर्ब ५० अर्ब ८९ करोड ९२ लाख थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।