युनिलिभर नेपाल लिमिटेडको सेयर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । असार ३ गते बुधबार कम्पनीको सेयर कारोबार भएको एक घण्टा अवधिमा ८.८२ प्रतिशत अर्थात ३ हजार २०० रुपैयाँले बढेकाे छ ।
बुधबार न्यूनतम मूलय ३६ हजार १६१ रुपैयाँ १० पैसामा कारोबार भएकोमा बढेर ३९ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार एक घण्टा अवधिमा कम्पनीको ३०० कित्ता सेयर कारोबारमा आएको छ । कम्पनीको सेयर अधिकतम ३९ हजार ९३० रुपैयँसम्म कारोबार भएको हो ।
कम्पनीको नेप्सेमा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ । कम्पनीले गत आवमा अधिकृत तथा जारी पुँजी वृद्दि गरेसँगै यस वर्ष बोनस आउने आशाले कम्पनीको सेयर मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
युनिलिभर नेपाल लिमिटेड सेयरमूल्यको हिसाबले नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी हो । मंगलबार क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । युनिलिभरको सेयर मूल्य मंगलबार प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ । मंगलबार एकैदिन ८.३९ प्रतिशत अर्थात २ हजार ८११ रुपैयाँले बढेको हो । जुन क्लोजिङ भाउ हालसम्मकै उच्च हो । मंगलबार कम्पनीाके ८१६ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो । युनिलिभरको सेयर मूल्यले गत जुन १३ तारिकमा इन्ट्रा डे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो । ५१ हप्ताको न्यूनतम मूलय १६ हजार ५५६ रुपैयाँ ७० पैसा थियो ।
प्रतिक्रिया