एनआइसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै

0
Shares

एनआइसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक योजना ल्याएको छ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ (मो बैंक) एप वा वेबसाइट बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

ुडिजिटल फर्स्ट बैंकु बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘एप्लाइ फर लोन अगेन्स्ट एफडी’ विकल्पमा जान सक्नेछन्।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटिपी कोड प्राप्त हुनेछ।

अब उक्त ओटिपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ।

साथै, यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन्।

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकहरूले हरेक त्रैमासको अन्त्यसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ।

न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन्।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवम् ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।