मल्टीपर्पस फाइनान्सको हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको छ । कम्पनीका अनुसार साउन १२ गते एक दिनका लागि बुक क्लोज हुनेछ ।
त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ११ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १०.३५ को हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको गत पुसमा सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया