इप्पानको विज्ञ सल्लाहकार समिति गठन

0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।

इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको हो ।
ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरिएको इप्पानले जनाएको छ ।

जसमा पुर्व अर्थमन्त्री एवं जलश्रोत सचिव डा। शंकर कोइराला, ईप्पानका पुर्वअध्यक्षहरु डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, जलविद्युत् उध्यमी डा. आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा. कृष्ण प्रसाद दुलाल, ई. ज्ञानेन्द्रलाल प्रधान, पुर्व कानुन सचिव उदय नेपाली श्रेष्ठ, भुराजनितिक विश्लेसक एवं जलविद्युत् उध्यमी अरुण कुमार सुवेदी, पुर्व जलश्रोत राज्यमन्त्री एवं उध्यमी हरिप्रसाद पाण्डे, उध्यमी मोतिलाल दुगड, पुर्व उर्जासचिव सुमन शर्मा, उध्योग बाणिज्य महासंघका पुर्वअध्यहरु प्रदिप कुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत अभियन्ता कृष्ण प्रसाद भण्डारी ज्यूलाई मनोनयन गरिएको इप्पानले जानकारी गराएको छ ।

इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

असार १ गते बसेको कार्यसमितिको १७१ औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्ने सम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो । सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकारमा उनीहरुलाई मनोनयन गरेका हुन् । कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।