क्यापिटल म्याक्सको उद्घाटन गर्दै सेबोन अध्यक्ष हमालले भने, ‘पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी छ’

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी रहेको बताएका छन ।

शुक्रबार स्टक ब्रोकर नंं. ६२ क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड उदघाटन गर्दै हमालले पुँजीबजार रिफर्मको लागि आउदै गरेको मौद्रिक नीतिमा मा राष्ट्र बैंकबाट पुँजीबजारको हितमा नीतिहरु सुधार हुने विश्वास व्यक्त समेत व्यक्त गरे ।

हमालले ४३ वटा नयाँ ब्रोकरलाई एल.ओ.आई. प्रदान गरिएको र सो ब्रोकरहरुमध्ये २९ वटाले लाईसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाईसेन्स दिने जानकारी गराए ।

त्यसैगरी नेप्सेका निवर्तमान कार्यकारी अध्यक्ष चन्द्र सिंह साउदले आप्mनो कार्यकालमा नेप्से ३० लेराउनको लागि कार्यविधि बनाएको बताउदै पुँजीबजारको बिकास तथा बिस्तारको लागि ब्रोकर लाईसन्स बितरणले ठूलो सहयोग पुग्ने एवं बजारलाई अझ चलायमान बनाउँनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको कुरा बताए ।

त्यसै गरी सि.डि.एस. एण्ड क्लीयरिङ लि.का प्रमूख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले सिमित स्रोतका बाबजुत लगानीकर्तालाई गुणस्तरिय सेवा दिईरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आप्mनो सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँन अगाडी बढेको जानकारी गराए । साथै लामो समयदेखि लगानीकर्ताहरुले कारोवारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिए ।

कार्यक्रममा लगानीकर्ताका अगुवा छोटेलाल रौनियारले लामो समयदेखि लगानीकर्ताले आगामी दिनमा ब्रोकर कमिसन घटाउनुपर्ने धारण राखे ।

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले  लगानीकर्ताहरुले झेल्दै आएको समयमै भुक्तानी नपाउने समस्यालाई क्यापिटल म्याक्सले तत्कालै समाधान गर्ने प्रतिवद्घता जनाए । साथै आफ्नो २० वर्ष देखिको विज्ञता लाई प्रयोग गरी क्यापिटल म्याक्सलाई प्रविधि मैत्री बनाउँदै क्यापिटल म्याक्सका हरेक लगानीकर्ताहरुलाई आफेनै वेवसाईटमार्फत सम्पूर्ण प्राविधिक विश्लेषण एवं आधारभुत विश्लेषण को सफ्टवेर समेत निःशुल्क उपलब्ध गराउने प्रतिवद्घता व्यक्त गरे ।

नयाँ सुविधा अन्तर्गत लगानीकर्तालाई चौविसै घण्टा अफलाईन अर्डर राख्न मिल्ने गरी व्यवस्थापन गर्ने साथै लगभग ७०० बर्गफिट को डिस्प्ले कक्ष मार्फत दुईवटा ठूला स्क्रिन र लगानीकर्तालाई भेला गराई हरेक क्यापिटल म्याक्सका लगानीकर्ताहरुलाई सुझबुझ गरी स्मार्ट तरीकाले लगानी गर्ने बातावरण निर्माण गर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।