चालु आवको मौद्रिक नीति पारित, ३ बजे पत्रकार सम्मेलन

0
Shares

नेपाल राष्ट्र बैंकले आज (आइतवार) चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

राष्ट्र बैंकको व्यवस्थापन समितिको आज विहान बसेको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले आजै सार्वजनिक गर्ने भएको हो।

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्।

सरकारले ल्याएको बजेट कसरी कार्यन्वयन हुनेछ र आगामी वर्षको नेपाली अर्थतन्त्र कसरी अगाडी बढ्नेछ भन्ने मार्गचित्र मौद्रिक नीतिले तय गर्नेछ ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रणलाई निरन्तरता दिदै मौद्रिक नीति ल्याउने भएको हो ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।