मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

0
Shares

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति पारित गर्न आइतबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले मौद्रिक नीति पारित गरेसँगै आर्थिक वर्ष ८०/८१ को मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढाइने, ठूला कर्जामा अनुगमन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने जनाएको छ । यस्तै नीतिगत दर ६ दशमलव ५ प्रतिशत कायम गरिएको छ भने निक्षप संकलन दर ५ दशमलव ५ कायम गरिएको छ ।

त्यस्तै विदेशी मुद्राको सञ्चिती ७ महिनाका लागि पर्याप्त रहेको पनि मौद्रिकमा उल्लेख छ । घर कर्जा सीमा १ करोड ५० लाखबाट वृद्धि गरी २ करोड पुर्‍याइने, चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरिने र विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा २५ सय अमेरिकी डलर सटही सुविधा उपलब्ध गराइने व्यवस्था पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।