सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

टाउन हल सभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकतावद्ध हुने अवसर हो ।

कम्पनीले गरेको प्रगती, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरुको वारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो । कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिम सँग पङ्क्तिबद्ध भएर साथ साथ अघी बढ्न यस्तो सभाले महत्तोपुर्ण भूमिका खेल्दछ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यू को भनाइ छ ।

सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।