अमेरिकी डलर र युरो स्थिर हुँदा बेलायती पाउण्ड बढ्यो


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

अमेरिकी डलर आइतबार पनि सोही भाउमा कारोबार भएको थियो । यस्तै आज युरोको भाउ पनि हिजोकै भाउमा कारोबार भइरहेको छ ।आज युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०२ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँमा ९७ पैसामा कारबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २६ रुपैयाँ ६८ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८८ र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्री दर १० रुपैयाँ २१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।