मौद्रिक नीति जारी भएसँगै आर्थिक गतिविधिमा सुधार आउछः अर्थमन्त्री

0
Shares

अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताएका छन । उनले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अब देशमा आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा। महतले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउनेबित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गरे । उनले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।