नेशनल लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत


नेशनल लाइफ इन्स्सोरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्सोरेन्सको चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्सोरेन्सको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ रहेको छ । कम्पनीले जेठ २२ गते वार्षिक साधारण सभा गरेको थियो । सो साधारणसभाका लागि जेठ ११ गते बुकक्लोज गरेको थियो ।

बुकक्लोज अनुसार जेठ १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सो बोनस पाउनेछन् । बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।