टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

0
Shares

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटसर््को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नुहुनेछ । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क-सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५० हजार कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आईरहेको छ ।
अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ४१ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तिय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ ।

सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्र बिक्रेता सिप्रदी टेड्रिङ्ग ISO 9001:2015 प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रि वितरण गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्रि कार्यालयहरु र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन । साथै देशभर २६९ वटा स्पेयर आउटलेटहरू रहेका छन् ।

सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।