नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी’बाट सम्मानित


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी २०२३’बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि एनआईएमबी सम्मानित भएको हो ।

बेलायतमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन युरोमनीबाट बैंक तेस्रोपटक सम्मानित भएको हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले उक्त अवार्ड प्राप्त गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको हुनाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।