एभरेष्ट बैंकले जिडब्लुएमका गाडी किन्दा ८०% सम्म ऋण दिने

0
Shares

भिजि ईम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ ।

भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउका लागि सम्झौता गरेको हो ।

उक्त सम्झौतामा आज भिजि ईम्पेक्स, जि।डब्लु। एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जिडब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।

जिडब्लुएमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत ८ रहने कम्पनीले जानकारी दिएको छ ।

जिडब्लुएमका इलेक्ट्रिक गाडी इनेक्टिककोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालुरबैंक फाइनान्स) मा ५० प्रतिशत सम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।