मकवानपुरमा साढे छ अर्बको आन्तरिक राजस्व असुली


आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ छ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँको राजस्व असुली गरेको छ ।

कार्यालयले अन्तरशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार रुपैयाँ र आर्यकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली गरिएको जनाएको छ ।

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड ३५ हजार रुपैयाँ, घरबाहलतर्फ स्रोतमा दुई करोड ५१ लाख ६१ हजार रुपैयाँ र शिक्षाकरतर्फ सात हजार रुपैयाँ मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ ।

कार्यालयले अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए । कार्यालयले अघिल्लो आव २०७८/७९ मा छ अर्ब २७ करोड ७४ लाख १४ हजार रुपैयाँ कूल राजस्व असुली गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।