नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । हकप्रद निष्कासनका लागि शुक्रबार बुकक्लोज तोकेका दुई कम्पनीको हकप्रदमा सेयर मूल्य समायोजन भएको हो ।

 स्टकका अनुसार सीनर्जी पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको हकप्रदपछि सेयर मूल्य समायोजन भएको हो ।
सीनर्जी पावरको ५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता २०३ रूपैयाँ ३३ पैसा मूल्य तोकेको छ । यस्तै मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता ३१८ रूपैयाँ ३७ पैसा निर्धारण गरेको छ ।

बिहीबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर हकप्रद अनुसार मूल्य समायोजन गरिएको हो । बिहीबार सीनर्जी पावरको अन्तिम पटक प्रतिकित्ता २५५ रूपैयाँ तथा मल्टीपर्पस फाइनान्सको ३९४ रूपैयाँ ८० पैसामा कारोबार भएको थियो ।

बिहीबार समायोजन भएको समायोजित मूल्यलाई आधार मानेर अब आइतबार दुबै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।