सेन्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको सञ्चालन आम्दानी पौने २ अर्ब

0
Shares

सेन्चूरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले सन् २०२२ मा १ अर्ब ७५ करोड सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी सन् २०२२ मा ८.८५ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानी बढेता पनि अन्य वित्तीय सूचांकमा गिरावट आएको छ । सन् २०२१ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १०.४७ प्रतिशत थियो । सन् २०२२ मा सो नाफा ३.२७ प्रतिशत विन्दुले घटेर ७.२ प्रतिशत पुगेको छ ।

सन् २००१ मा स्थापना भएको उद्योगले लङ ग्रेन, बास्मती, खुडी, जीरा चामलको उत्पादन तथा प्रशोधन गर्दै आएको छ । कम्पनीले थकाली, मुबारक, सन्चो, कोहीनूर, सुवास शाही र झमझम ब्रान्डनामबाट बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा राजेन्द्र प्रसाद अग्रवालको लगानी रहेको छ भने उनी नै कम्पनीका अध्यक्ष हुन् । कम्पनीले आफ्नो उत्पादन नेपालभर ७०० बढी रिटेल पसल मार्फत बिक्री वितरण गर्दै आएको छ ।

७७ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । १४ लाख १० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले ट्रिपल बी माइन्स र ७६ करोड ८५ लाख ९० हजार बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.६७ गुणा रहेको छ । जुन गत वर्ष ५.०४ गुणा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।