फर्स्ट माइक्रोफाइनान्सको कमजोर देखियो वित्तीय विवरण, अधिकांश सूचक घटे

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षमा कमजोर वित्तीय प्रगति सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आवमा २ प्रतिशतभन्दा कम खुद ब्याज आम्दानी वृद्धि गरेको लघुवित्तको अधिकांश सूचक घटेका छन् भने पुँजी वृद्धिले इपीएस पनि घटेको छ ।

फर्स्टले १९ करोड ६९ लाख ३० हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो आवको तुलनामा २३.३९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अविधमा कम्पनीले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनी सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १७ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको छ । यो पनि अघिल्लो आवको तुलनामा १९ प्रतिशतभन्दा कम हो ।

गत आवमा कम्पनीले ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँसापटी लिएर ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा सापटी २१ र कर्जा लगानी २६ प्रतिशतले घटेको हो ।

कम्पनीले गत आवमा १.८७ प्रतिशतले मात्र वृद्धि भई ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खराब कर्जा अनुपात वापतको जोखिम व्यवस्था १७० प्रतिशतले बढेर ११ करोड ६६ लाख नजिक पुग्दा कम्पनीको सञ्चालन नाफा पनि २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा रिटेर्नअर्निङ्ग १८ करोड ८ लाख सहित ४३ करोड ४६ लाख ९२ हजार रुपैयाँ सञ्चित छ ।

अघिल्लो आवमा शुन्य रहेको कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपीए) ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा, कस्ट अफ फन्ड १२.०२ प्रतिशत, आधारदर १२.६० प्रतिशत, स्प्रेडदर २.२७ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।