लक्ष्मी इक्वीटी फन्ड र लक्ष्मी उन्नति कोषको प्रतिफल घोषणा

0
Shares

लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी इक्वीटी फन्ड र लक्ष्मी उन्नति कोषको प्रतिफल (लाभांश) घोषणा भएको छ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरिएको हाे । 

दुबै फन्ड व्यवस्थापक लक्ष्मी क्यापिटलको साउन १४ गते आइतबार सम्पन्न भएको बैठकले लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७९–८० को लागि आफ्ना इकाईधनीलाई कर सहित ९.५० प्रतिशतका दरले नगद लाभांश र लक्ष्मी इक्वीटी फन्डले कर सहित ८ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणको लागि बुकक्लोज मिति भने पछि तोकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।