विशाल ग्रुपको मैनावती स्टील उद्योगको आम्दानी ३७% बढ्यो, दश महीनामा ५ अर्ब कमाई

0
Shares

विशाल ग्रुपको लगानी रहेको मैनावती स्टील उद्योगले आर्थिक वर्ष २०७९/८० को दश महीनामा ४ अर्ब ९२ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २९ करोड ८० लाख आम्दानी गरेको थियो । गत आवको १० महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी ३७.४४ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचांकहरुमा सुधार देखिएको छैन । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको कम्पनीको नाफा गत आवको १० महिनामा कुल सञ्चालन आम्दानीको १०.३१ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा १२.१९ प्रतिशत थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले पोल, जस्ता पाता लगायतका स्टीलका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता प्रतिवर्ष १ लाख ११ हजार ९०० मेट्रिक टन रहेको छ ।

कम्पनीले ६ अर्ब २२ करोड ५० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.६१ गुणा रहेको छ । यसअघि कम्पनीको ब्याज भुक्तानी क्षमता ४.६२ गुणा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।