होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोडको आईपीओ ल्याउने

0
Shares

अर्किड होल्डिङ्ग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड मूल्यको १ करोड १५ लाख कित्ता साधारण बिक्रीमा ल्याउने भएको छ ।

प्राथमिक सार्वजनिक निष्कासन गर्न कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

कम्पनीले मिति २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चारतारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जनासम्मको २ वटा ठूला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।