सेयर बजार पुनः ओरालोतर्फ, मंगलबार साढे २८ अंकले घट्यो

0
Shares

सेयर बजार पुनः ओरालातर्फ नै लागेको छ । पाँच कारोबार दिनपछि सोमबार सामान्य अंकले बढेको बजारमा मंगलबार फेरि उच्च अंकको गिरावट आएको हो । सोमबार बजार बढेपछि गिरावट थामिने आंकलन लगानीकर्ताले गरेपनि हिजोको हरियाली एक दिन पनि टिकेन ।

मंगलबार २६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ । नेप्से २८.५९ अंक अर्थात १.३५ प्रतिशतले घटेर २०७७ दशमलव ५८ विन्दुमा झरेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ५.१३ अंकले घटेको सेन्सेटिभ इण्डेक्स ३९६.७२ विन्दुमा अडिएको छ ।

गत आर्थिक वर्षको अन्तिममा उच्च बढेको बैंक तथा वित्तीय संस्थाको निक्षेप नयाँ आर्थिक वर्ष २०८०-८१ सुरु भएसँगै घट्न थालेको छ । सोही कारण सोमबार जारी भएको २१ अर्ब रुपैयाँको ट्रेजरीमा डिस्काउन्ट रेट एक प्रतिशत बिन्दुले बढेको छ । नियामकीय सुविधा निरन्तरता नभएपछि बैंक वित्तीय संस्थाको निक्षेप करिब डेढ खर्बले घटेको हो । घटेकाे ब्याजदर लामाे समय नटिक्ने संकेतले पनि माैद्रिक नीतिले दिएकाे  सुविधामा असन्तुष्ट लगानीकर्ताले लाभांश सिजनमा नै बजारमा लगानी नगरेकाे देखिन्छ । जसले सूचक र काराेबार दुबै घटेकाे छ ।

मंगलबारको बजारमा ३५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२१ कम्पनकिो सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ । एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ७४ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनको लागि बुकक्लोज तोकेसँगै सर्वाधिक कारोबार भएको हो ।

यस्तै आज शिवम् सिमेन्टको ७ करोड ९ लाख रुपैयाँ, सोल्टी होटलको ६ करोड २६ लाख रुपैयाँ, हिमालयन लाइफको ५ करोड १८ लाख रुपैयाँ, र ज्योति विकास बैंकको ५ करोड ३ लाख रुपैयाँको सेयर कारोबर भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा, प्रोगेशीभ फाइनान्स, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ४.६० प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.९३ प्रतिशत, ८.५% बिओके डिबेञ्चर २०८६ को १.८४, एनएमबि ५० को १.७८ र नारायाणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.७४ प्रशिततले कमाएका छन् ।

किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.५४ प्रशिततका दरले गुमाएका छन् । यस्तै हिमालयन लघुवित्तका लगानीकर्ताले ५.५७ प्रतिशत, प्रोगेशिभ फाइनान्स ५.२४, जोशी हाइड्रोपावरको ४.२१ र ग्रीन भेञ्चरको ४.१७ प्रतिशतका दरले घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३० खर्ब ५३ अर्ब ६२ करोड ५६ लाख ६० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।