भोजपुरमा खडेरीले बारीमै सुक्यो मकै

0
Shares

भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ ।

जरायोटारका १२० परिवारले १७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिएका छन् । कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ । जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको उनले बताए । “खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष खत्रीले भने ।

अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितको लगत सङ्कलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायलाई प्रस्ताव गरिने बताए । यसअघि पनि बाढी पहिराबाट अरुण–१ र २ का बस्ती प्रभावित भएका थिए । लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन पीडित बनेका गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।