अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘युथवन २०२३ : युथ फेस्टिबल’ मनाइँदै

0
Shares

अगस्ट १२ तारिखमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चितवनमा ‘युथवन २०२३: युथ फेस्टिबल’ मनाइने भएको छ ।युवाहरुका विषयवस्तुलाई प्राथमिकतामा राखी युवा केन्द्रीत भई विभिन्न कार्यक्रम गर्दै आएको बेटर चितवन संस्थाले युथवन २०२३: युथ फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको हो ।

अगस्ट ५ देखि १२ तारिखसम्म मनाइने उक्त युथ फेस्टिबलको सुरुवात अगस्ट ५ तारिखमा चितवनका विभिन्न संघसंस्थाका पदाधिकारीबीच फुटसल प्रतियोगितामार्फत हुनेछ । अगस्ट ६ देखि १० अगस्टसम्म आयोजक टोलीले चितवनका विभिन्न कलेजहरुमा गई मानसिक स्वास्थ्यको महत्व, लागु औषध र्दुव्यसनी लगायतका विषयवस्तुमा केन्द्रीत रही जनचेतनामुृलक कार्यक्रम गर्ने यस समारोहका आयोजक सचिन चापागाईले जानकारी दिए ।

भरतपुर महानगरसँगको सहकार्यमा अगस्ट १० मा ‘भिजिट भरतपुर’ थीममा आधारित भएर भिडियो प्रतियोगिता, खुल्ला कविता वाचन प्रतियोगिता आयोजना हुने भएको हो ।

अगस्ट १२ मा चितवनका युवाहरुमध्ये यस वर्षभरी उत्कृष्ट काम गरी समाजमा योगदान पु¥याएका एक जना युवालाई सम्मान, सांस्कृतिक कार्यक्रम, प्रतिभा पलायन शीर्षकमा सामूहिक छलफल, भिडियो प्रिमियर लगायतका कार्यक्रम आयोजना गरी भव्यता पूर्वक अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सचिन चापागाईले उत्साहित हुँदै जानकारी दिए ।

कार्यक्रमले चितवनका युवाहरूलाई आफ्नो प्रतिभा र सीप प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्नेछ भने युवा सशक्तिकरणलाई बढावा दिँदै उनीहरूलाई आगामी समयमा नेतृत्व गर्ने तहमा पुग्न प्रोत्साहन गर्नेछ । यस्तै युवाहरू बीच नेटवर्किङ र सहकार्यका लागि अवसरहरू सिर्जना गर्नुका साथै युवालाई उद्यमशीलता र नवीन सोच तथा आइडियालाई साकार रुप दिन आवश्यक पर्ने मेन्टरसीप पनि मिल्नेछ ।

‘युथवन २०२३ : युथ फेस्टीबल’ युथवन: युथ फेस्टीबलको छैटाैं संस्करण हो । सन् २०२२ देखि बेटर चितवन संस्थाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हप्ताभर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।