सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद्ध सुनचाँदी ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण दिएको छ । नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइ (एफआईयु) सँगको सहकार्यमा सो प्रशिक्षण दिइएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्पत्ति शुद्धीकरण अभियान अन्तर्गत बिश्वबजारमा विभिन्न किसिमका नयाँ नयाँ प्रविधी प्रयोग भैरहेको विद्यमान अवस्थामा नेपालमा पनि गोएएमएल सफ्टवेयर सञ्चालनमा आएको बताए । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तिय लगानी निरुत्साही गर्न सहयोग पु¥याउने उद्धेश्यले बिश्वका विभिन्न देशमा यस किसिमका सफ्टवेयरको प्रयोग भैरहेको उनले बताए ।

प्रशिक्षण कार्यक्रममा देशभरका विभिन्न जिल्ला तथा प्रदेशका ब्यवसायीहरुको सहभागिता रहेको थियो । त्यसक्रममा ब्यवसायीहरुलाई गोएएमएल सफ्टवेयर र यसको परिचय, आवश्यकता तथा ब्यवसायीको दायित्व र जिम्मेवारी लगायतका बिषयमा जानकारी गराइएको थियो । प्रशिक्षणका क्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका प्रमूख केशवप्रसाद रिमालले गोएएमएल सफ्टवेयर र यसको आवश्यकताका बारेमा जानकारी गराए ।

त्यसक्रममा नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका आइटी विज्ञ दिपक पराजुलीले गोएएमएल सफ्टवेयर र यसको प्रयोगका बिषयमा ब्यवसायीहरुलाई प्रशिक्षण दिएका थिए । उनका अनुसार नेपालमा सुनचाँदीको कारोबार गर्ने ब्यवसायी मध्ये एकै पटक १० लाख वा सो भन्दा बढीको कारोबार गर्ने ब्यवसायीले त्यस्तो कारोबार गर्ने ब्यक्तिको विवरण गोएएमएल सफ्टवेयर मार्फत भर्नुपर्ने हुन्छ । सो जानकारी राष्ट्र बैंकको वित्तिय जानकारी इकाइमा पुग्दछ । त्यसका अधारमा संकास्पद कारोबार लागेको खण्डमा राष्ट्र बैंकले थप अनुसन्धान गर्ने र छानविनका लागि सम्वद्ध निकायमा सिफारिस गर्ने लगायतका कार्य गर्दछ ।

गोएएमएल वित्तिय जानकरी उपलब्ध गराउने एकिकृत सफ्टवेयर हो । यो सफ्टवेयर लागु औषध तथा अवराध सम्वन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनओडिसिज्) कार्यक्रम अन्तर्गत लागु गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।