तीन दिनमा ७० अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

0
Shares

यो साताको पहिलो तीन कारोबार दिनमा नेप्से ७० अंकले ओरालो लागेको छ । नेप्से सूचक ओरालो लाग्दा कारोबार रकममा समेत दैनिक गिरावट आएको छ ।

लाभांश सिजनमा नै सेयर बजारमा रौनक हराएपछि लगानीकर्ताको मनोबल कमजोर बन्दै जादा कारोबारमा समेत गिरावट आएको छ । एकाघ म्युचअल फन्डले लाभांश वितरणको प्रस्ताव गरिसकेको भएपनि लाभांशमा आधारित लगानी बढ्न नसक्दा सेयर बजारको रौनक हराएको हो ।

यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेप्से सोमबार सामान्य घटेपनि मंगलबार पनि उच्च अंकले घटेको छ । मंगलबार नेप्से २८.४० अंकले घटेर २ हजार १९ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । सोमबार ३.२१ अंकले घटेको नेप्से आइतबार ३८.३७ अंकले आरोलो लागेको छ ।

आज २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार २ अर्ब ६६ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ८.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन शिवम् सिमेन्ट्सको साढे ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

वाणिज्य बैंकहरु तथा अधिकांस विकास बैंकहरु लगायत केहि कम्पनीहरुले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेको अवस्थामा बजार निरन्तर घट्नुले लगानीकर्ता उचित लाभांश पाउनेमा आशावादी नरहेको स्पष्ट हुन्छ ।

साना लगानीकर्तालाई केही राहत दिएको राष्ट्र बैंक मौद्रिक नीति मार्फत ठूला लगानीकर्तामैत्री बन्न नसक्दा बजार लाभांश सिजनमा नै सुस्त देखिएको हो । यसले मौद्रिक नीति पछि बजारमा सूचक निरन्तर घटिरहेको छ भने कारोबार पनि ओरालो लागेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।