नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ । भाद्र १५ देखि १७ सम्म भृकुटीमण्डप उक्त प्रदर्शनी हुने भएको हो ।
विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको दोस्रो संस्करण हो । नेपालको पहिलो एक मात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन कुराहरूको समायोजन गर्न खोजेको छ । प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन कुराहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ। उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता हुनेछ ।
आम नेपालीले आफ्नो घरमा विद्युतीय उपकरण प्रयोग गर्दै आएका छन् । यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार गराउनेछ ।
नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ । यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ । नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया