भारततर्फ गोलभेँडाको निर्यात बढेसँगै नेपालमा मूल्य आकासियो


नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो ११० रुपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा १३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो २४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।