वाणिज्य बैंकहरुमा सुपरीवेक्षकीय सूचना प्रणाली (एसआइएस) लागू गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको तथ्यांकहरु थप प्रभावकारी ढंगबाट प्राप्त गर्ने उदेश्यले सुपरीवेक्षकीय सूचना प्रणाली (एसआइएस) कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंक र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकमार्फत पुस २३ गते देखि पाइलट टेष्टको रुपमा कार्यन्वयनमा ल्याउन लागेको जनाएको छ ।

यस प्रणालीको कार्यान्वयनले बैंक तथा वित्तीय क्षेत्रमा एकद्धार सुचना प्रणाली सुरु हुने राष्ट्र बैंकका भनाई छ ।

यस प्रणालीमा समावेश गरिएका मोड्यूल निर्माणको अधिकांश कामहरु सम्पन्न भइसकेको तथा एसआइएस प्रणाली क्रमशः लागू गर्दै जाने सन्दर्भमा यही पुस ६ गते (डिसेम्बर २२) देखि सर्भरसमेत तयारी अवस्थामा रहने राष्ट्र बैंकले जनाएको छ।

यस प्रणालीबाट केन्द्रीय बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुको तथ्यांक तथा जानकारीहरु प्राप्त गर्न थप सजिलो हुनेछ ।

वाणिज्य बैंकहरु र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकले एसआईएस प्रणालीका लागि तोकिएको इनपुट फर्महरु अनिवार्य रुपमा अपलोड गर्न तथा राष्ट्र बैंकबाट गरिने स्थलगत निरीक्षणका जवाफ समेत समानान्तर रुपमा एसआईएस प्रणाली मार्फत पठाउन निर्देशन समेत दिएको छ ।

एसआइएस प्रणाली वाणिज्य बैंकहरु तथा इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकमा परिक्षण गर्ने र परिक्षण सम्पन्न भएपछि सबै बैंक तथा वित्तीय संस्थामा लागू गर्ने केन्द्रिय बैंकको योजना छ ।