घोराही सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्छ कारोबार ?


घोराही सिमेन्टले सर्वसाधारणमा निष्काशन गरेको तथा संस्थापकहरुको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । कम्पनीलाई नेप्सेले जीसीआईएल संकेत प्रदान गरेको छ ।

साउन २५ गते बिहीबार कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचकीकरण भएको हो ।

कम्पनीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता, वैदेशिक रोजगारीमा गएकाहरुमा ६ लाख ६ हजार ३५० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दामा ७७ हजार २९० कित्ता, सामुहिक लगानी कोषहरुमा ३ लाख २८ हजार ९६१ कित्ता र कम्पनीका कर्मचारीमा १९ हजार ५३० कित्ता सेयर बाँडफाँड गरेको थियो ।

कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित, बैदेशिक रोजगारीमा गएका तथा सामुहिक लगानी कोषलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा सेयर बिक्री गरेको थियो। आयोजना प्रभावितहरुलाई भने कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप री प्रतिकित्ता ४०० रुपैयाँको दरमा सेयर बिक्री गरेको थियो ।

अब कम्पनीको सेयर दोस्रो बजारमा आइतबारदेखि किनबेच सुरु हुनेछ । नेप्सेले घोराही सिमेण्टको कारोबार सुरु गर्नका लागि २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसाको रेञ्ज तोकेको छ । उल्लेखित रेञ्जको भित्र घोराही सिमेण्टको पहिलो सेयर कारोबार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।