सनराइज फर्स्ट म्युचुअल फण्डले कति घोषणा गर्यो प्रतिफल ? क्यापिटलले पनि लाभांश बाँड्ने


लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेड बाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गत आर्थिक वर्षको आम्दानीबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको सनराइज क्यापिटलले जनाएको छ ।

ईकाइधनी दर्ता किताब बन्द गर्ने मिति केही दिनमा तय गरिने जनाएको क्यापिटलले पछिल्लो ३ वर्षमा ईकाइधनीहरुलाई ६९ प्रतिशत प्रतिफल वितरण गरेको पनि क्यापिटलले जनाएको छ ।

साथै सनराइज क्यापिटलले गत आर्थिक वर्षको आम्दानीबाट क्यापिटलका लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २५ गते बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्यापिटलको साधारण सभाको मिति पनि आगामी दिनमा गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।