राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा प्रहरी अस्पताल रक्त संचार केन्द्र सञ्चालनमा

0
Shares

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्र सञ्चालनमा आएको छ ।

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सहयोगमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैंयाको आर्थिक सहयोगमा रक्त संचार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवता सम्बन्धि पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गरेका थिए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

२०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निशुल्क सेवा, पूर्व प्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिँदै आएको छ ।