कुमारी म्युचुअल फण्डका २ योजनाले इकाईधनीलाई कति प्रस्ताव गरे प्रतिफल ?


कुमारी बैंकको प्रवर्दन तथा कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित कुमारी म्युचुअल फण्ड अन्तरगतका २ वटा सामुहिक लगानी कोषले प्रतिफल घोषणा गरेका छन् ।

बिहीबार साँझ बसेको क्यापिटल सञ्चालक समितिको बैठकले कुमारी इक्विटी फण्डका इकाईधनीलाई १० प्रतिशत र कुमारी धनवृद्धि योजनाका इकाईधनीलाई ६ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफल पाउनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय आगामी दिनमा गर्ने जनाएको क्यापिटलले उल्लेखित प्रतिफल कर समेतको हुने प्रष्ट पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।