सर्वसाधारणका लागि मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ खुल्यो

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणमा आइपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गर्ने छ । स्थानिय बासिन्दाहरुका लागि अवितरित ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले जारी गर्ने सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । सो रेटिङ्ग को वैधता अवधि एक वर्ष अर्थात् २०८० असार २८ गतेसम्म रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साउन २८ गतेदेखि निष्काशन हुने आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिनु पर्ने छ । सो समयमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि भदौ १० गतेसम्म लम्बिने छ ।

कम्पनीको बारेमा

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पूँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । कुल अनुमानित लागत प्रतिमेगावाट २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ ।आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।