स्वाभिमान लघुवित्तको खुद नाफा करिब ५०% घट्यो

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आवको तुलनामा करिब आधा मात्र आर्जन भएको छ । लघुवित्तको आम्दानीका मुख्य स्रोत खुद ब्याज आम्दानी नै घटेपछि कम्पनीको नाफामा असर देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा ४ करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा गत आवमा २ करोड १६ लाख ९ हजार रुपैयाँमा संकुचित बनेको हो ।

नाफासँगै नाफा ४६.४७ प्रतिशतले घटेसँगै लघुवित्त कम्पनीको प्रति सेयर आम्दानी असार मसान्तसम्ममा १४ रुपैयाँ ७९ पैसामा झरेको छ । गत आवमा २७ रुपैयाँ ६२ पैसा थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १५९ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ७७.७७ गुणा छ । यस्तै निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ ।कम्पनीके कष्ट अफ फन्ड १०.८९ प्रतिशत छ ।

लघुवित्तको चुक्ता पुँजी १४ करोड ६१ लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १ अर्ब ४२ करोड ५० लाख सापटी र ६७ करोड १३ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१६ र सञ्चालन मुनाफा ३०.३४ प्रतिशत घटेको छ । असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ६२ लाख ३५ हजार र सञ्चालन मुनाफा ३ करोड ३७ लाख ९८ हजार छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।