थ्रीस्टार र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

0
Shares

दुई जलविद्युत कम्पनीहरु थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएका दुई हाइड्रोमा दोस्रो कारोबार दिन पनि सकारात्मक सर्किट लागेको हो ।

सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात २८ रुपैयाँले बढेर ३०८ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको सोमबार पहिलो कारोबार २८६ रुपैयाँ १० पैसामा कम्पनीको पहिलो कारोबार भएको थियो । दुई घण्टा अवधिमा कम्पनीको ६ हजार ७३२ कित्ता सेयर २० लाख ७५ हजार ९३९ रुपैयाँमा खरिद बिक्री भएको छ । थ्रीस्टारमा एक सय बढी खरिद अर्डर मार्फत ९ हजार ३०० बढी कित्ताको खरिद माग हुँदा बिक्री गर्ने शुन्य छन् ।  थ्रीस्टार हाइड्रोपावरको सेयर ‘टीएसएचएल’ संकेतमा कारोबारमा आएको छ ।

थ्रीस्टार हाइड्रोपावरले संस्थापक लगानीकर्ता, सर्वसाधारण, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको समेत कुल ४९ लाख २५ हजार कित्ता सेयर साउन २५ गते बिहीबार सूचीकृत गराएको थियो ।

यस्तै अर्को जलविद्युत कम्पनी अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात २७ रुपैयाँ ८० पैसाले बढेर ३०६ रुपैयाँ ७० पैसा पुगेको छ । कम्पनीको सोमबार पहिलो कारोबार २८४ रुपैयाँ ४० पैसामा भएको थियो । दुई घण्टा अवधिमा कम्पनीको ३ हजार १८० कित्ता सेयर ९ लाख ७४ हजार ७५७ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै अप्पर सांङ्गेमा १३० बढी खरिद आदेश मार्फत ७२ हजार बढी कित्ताको खरिद माग रहेको छ । हाइड्रोपावरको सेयर ‘यूएसएचएल’ संकेतमा कारोबारमा आएको छ ।

अपर स्याङ्गे हाइड्रोपावरले बिहीबार संस्थापक लगानीकर्ता, सर्वसाधारण, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको समेत कुल २२ लाख कित्ता सेयर सूचीकरण गरेको थियो ।

धितोपत्रको दोस्रो बजारमा भर्खरै कारोबार खुला भएका कारण दुबै कम्पनीको सेयरमा बिक्री चाप न्यून रहेको छ भने खरिद चाप उच्च रहेको छ । मागभन्दा आपूर्ति कम भएका कारण दुबै कम्पनीको सेयर मूल्य बढिरहेको हो । आपूर्ति बढी भएको घोरोही सिमेन्टको सेयर भने आइतबार नै नकारात्मक सर्किट लागेर घटेर सोमबार सामान्य वृद्धि सहित सोमबार प्रतिकित्ता ५२३ रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

यस अवधिमा २६७ कम्पनीका २३ लाख कित्ता सेयर ८८ करोड ४५ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । घोराहीको सर्वाकि ६ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मनकामना स्मार्टको सेयर मूल्य सर्वाधिक करिब ८ प्रतिशतले घटेको छ । समाचार तयार पार्दासम्म नेप्से ६.५६ अंकले बढेर २०८७ बिन्दुमा रहेको छ। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।